Sujang

पत्रकार पनेरुलाई निर्माण व्यवसायीले धम्की दिएकामा पत्रकार महासंघको ध्यानाकर्षण

Ban

असार १३,डोटी: समाचार लेखेकै आधारमा पत्रकारलाई निर्माण व्यवसायीले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ डोटी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Krishi

असार ११ गते ई-कान्तिपुर अनलाइनमा प्रकाशित ‘काम छोडेर ठेकेदार फरार’ शीर्षकको समाचारलाई लिएर जेडीएमआर बिल्डर्स प्रालि काठमाडौंका सञ्चालक रविप्रकाश सिंहले कान्तिपुरका डोटी संवाददाता मोहन पनेरुलाई फोनमार्फत गम्भीर आरोपसहित गालीगलौज गर्दै धम्की दिएको घटना उजागर भएको हो ।

महासंघले विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई अशोभनीय, अराजक र स्वतन्त्र पत्रकारितामाथिको हमला भएको ठहर गरेको छ । समाचारप्रति असन्तुष्टि भए कानुनी उपचार वा स्थापित प्रक्रियामा जाने मार्ग खुला हुँदाहुँदै यस्तो धम्कीपूर्ण व्यवहार गरेको भन्दै महासंघले भर्त्सना गरेको छ। महासंघका सचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा दोषीमाथि आवश्यक कारबाही गर्न र पत्रकारिताको संरक्षणका लागि अनुकूल वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

यस्तै, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टद्वारा हस्ताक्षर विज्ञप्तीमा र नेपाल प्रेस युनियन डोटी शाखाले विज्ञप्ति जारी गरी दोषीमाथि आवश्यक कारबाही गरी स्वतन्त्र, सुरक्षित र भयरहित पत्रकारितको वातावरण बनाउन माग गरेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.