

असार ११ गते ,डोटी: डोटीको आदर्श गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ५२ करोड ६७ लाख ४० हजारको बजेट ल्याएको छ ।
मंगलवार आदर्श गाउँपालिकाको १७ औँ गाउँ सभाको अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले उक्त वजेट प्रस्तुत गरेकी हुन् ।

आउदो आर्थीक वर्ष २०८२/०८३ वर्षका लागी संघ तर्फको समानिकरण अनुदान ९ करोड २६ लाख, राजश्व वाडफाड ९ करोड ६६ लाख, ससर्त अनुदान २५ करोड ८० लाख, बिशेष पुजीगत अनुदान ६९ लाख र समपुरक पुजीगत अनुदान २ करोड ४० लाख, यस्तै प्रदेश तर्फ समानिकरण अनुदान ८१ लाख ९६ हजार, सवारी साधन कर (राजश्व वाडफाड) २९ लाख ४४ हजार, सर्शत अनुदान ५२ लाख, विशेष अनुदान ३५ लाख र समपुरक अनुदान १ करोड, ५३ लाख, आन्तरिक श्रोत ३५ लाख र गत वर्षको मौजात १ करोड गरि जम्मा ५२ करोड ३५ लाख ४० हजारको अनुमानीत बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालीकाले आउँदो आर्थीक वर्षमा स्वास्थ्य, शिक्षा, खानेपानी र कृर्षी लागायतका क्षेत्रहरुलाई प्राथमीकतामा राखेको गाउँपालीकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए ।

