Sujang

डडेल्धुरामा एमालेले तोड्यो कांग्रेस बीपीसँगको चुनावी तालमेल

Ban

असोज २८ गते, डडेल्धुरा –  नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस बीपीसँगको चुनावी तालमेल तोडेको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले डडेल्धुरामा कांग्रेस (बीपी)सँग गर्ने भनिएको चुनावी गठबन्धन भंग गरेको जनाएको हो।

Krishi

एमालेले एक्लै चुनावमा होमिने पनि निर्णय गरेको छ। बीपी कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्ण मल्लले नेकपा एसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डा तारा जोशीसँग नयाँ सहमति गर्न लागेको खबर बाहिरिएपछि गठबन्धन तोडिएको हो।

कांग्रेस बीपी र एमालेबीच संघमा कांग्रेस बीपी र प्रदेश ‘क’ र ‘ख’ दुवै एमालेलाई दिने सहमति भएको थियो। प्रदेश खमा बीपी कांग्रेसले डा तारा जोशीलाई सहयोग गर्ने सहमति भएको भन्दै एमालेले विज्ञप्ति जारी गरेको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.