Sujang

दिपायल सिलगढी नगरपालिकाले ल्यायो ८८ करोड ५९ लाखको बजेट

Ban

असार १०,डाेटी: डोटीको दिपायल सिलगढी नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ८८ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएको छ । 

दिपायल सिलगढी नगरपालिकाको १९ आै नगर अधिवेशन तथा दोस्रो बैठकमा उपप्रमुख कलावती महर साउँदले सो बजेट प्रस्तुत गरेकी हुन् ।

चालूतर्फ ३१ करोड ३२ लाख १६ हजार, पुँजीगत खर्चतर्फ ४७ करोड २६ लाख ८४ हजार, आन्तरिक आय १ करोड ६५ लाख,संघीय सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण हुने ११ करोड९४ लाख, 

Krishi

प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण हुने १ करोड १२ लाख, संघीय राजश्व बाँडफाँड १० करोड ४६ लाख ७२ हजार, प्रदेश सवारी साधन कर बाँडफाँडबाट ४१ लाख २२ हजार, संघीय सशर्त अनुदानबाट ५४ करोड ९२ लाख, संघीय समपूरक अनुदान १ करोड ३३ लाख, प्रदेश सशर्त अनुदान ३ करोड ७५ लाख र प्रदेश समपूरक अनुदान ४५ लाखको बजेट विनियोजन गरिएको छ ।

वजेटमा युवाहरु लाइ लक्षित गरेर खेलकुद मैदान, कृषि, पर्यटन,उधाेग लगायतका याेजना लाइ प्राथमिकता राखेर बजेट विनियोजन गरिएको छ।

 

नगर सभाको तेस्राे बैठक १३ गते बिहान ११ बजे बस्ने जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.