

असार ७ डाेटी :’सिप सिकौं, स्वरोजगार बनौं, समृद्ध नेपालको विकास गरौं’भन्ने मुल नाराका साथ दुना टपरी बनाउने सम्बन्धि ६ दिने शिप बिकाश तालिमकाे दिपायलमा सम्पन्न भएको छ ।
दुना टपरी बनाउने तालिमको समापन कार्यक्रममा बाेल्दै दिपायल सिलगढी नगरपालिकाकी उप-प्रमुख कलावती महर साउँदले महिलाको कार्यबाेज घटाउन सिप सिक्नु अनिवार्य रहेकाे बताएकि छन् ।

नगरपालिका भित्रका महिलाहरु स्व-राेजगार बनुन भन्ने उद्देश्यले पालिकाका वडाहरुमा धेरै प्रकारका सिपमुलक तालिम संचालनमा रहेको उप प्रमुख साउँदले वताइन् ।
तालिमबाट सिकेका सिपहरु व्यावहार उतार्न लगनसिलता देखाएमा नगरपालिकाको सिङ्गो टिम जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको नगर उप-प्रमुख साउँदले बताइन ।
दिपायल सिलगढी नगरपालिकाको आयाेजनामा ६ दिन सम्म दिपायलकाे पिपल्लामा संचालन भएको तालिममा पालिकाका वडा नम्बर १,२,३ का गरी २२ जना महिलाको सहभागीता रहेकाे थियो भने उक्त तलिमकाे प्रशिक्षण भावना पुलामी मगर गर्नुभएको दिपायल सिलगढी नगरपालिकाका उद्यम बिकास साखाका प्रमुख राज बहादुर खड्काले जानकारी दिए ।
सिप सिकेर उत्पादन गरेका चिज वस्तुको बजार व्यवस्थापन नगरपालिकाले जिम्मेवारी लिने जनाइएको छ।

