Sujang

११ औँ अन्तर्राष्ट्रिय योग दिवस डोटीमा पनि मनाइयो

Ban

गणेश बहादुर मौनी,असार ७ डोटी:सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने मूल नाराका साथ डोटीमा पनि ११ औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी र पतञ्जलि योग समिति डोटीको आयोजना तथा जिल्ला समन्वय समिति डोटी, जिल्ला प्रशासन कार्यालय डोटी र दिपायल सिलगढी नगरपालिका डोटीको सहकार्यमा योग दिवसको आयोजना गरिएको थियो ।

Krishi

योग दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले योग सबै उमेर समूहका व्यक्तिहरूका लागि आवश्यक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख सिंहले स्थानीय तहले पनि योगलाई विशेष प्राथमिकता दिन आवश्यक रहेको समेत बताए । डोटीमा योगको अभ्यास दिनानुदिन बढिरहेकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको समेत प्रमुख सिंहले बताए ।

दिवसको अवसरमा जिल्ला समन्वय समिति डोटीको सभा हलमा योगाभ्यासका साथै योगको विषयमा छलफल गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका योग प्रशिक्षक बलदेव जोशीले बताए । योग प्रशिक्षक जोशीले योगाभ्यास गराएका थिए ।

पतञ्जलि योग समिति डोटीका अध्यक्ष खेम राज भण्डारीको अध्यक्षतामा मनाइएको योग दिवसमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सरकारी, गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाज, पत्रकार, शिक्षक योग साधकहरूको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.