Sujang

उत्पादक कृषक तथा व्यावसायीहरु संग प्लाण्ट क्वारेन्टाइन सम्वन्धी अतिरक्रिया गाेष्ठी सम्पन्न

Ban

असार ५ गते, डाेटी : उत्पादन थलाेका उत्पादक कृषक तथा व्यावसायी हरु संग प्लाण्ट क्वारेन्टाइन सम्वन्धी एक दिवसीय सचेतना मुलक अतिरक्रिया गाेष्ठी सिलगढीमा सम्पन्न भएको छ।

बिहीबार नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यावस्थापन केन्द्र क्वारेन्टाइन कार्यालय गड्डाचाैकी कन्चनपुरकाे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Krishi

स्वदेशमा आयात हुने बिभिन्न कृषिजन्य खाद्यपदार्थ,तरकारी लगायतका वस्तुबाट बिभिन्न राेग नेपालमा आउन नदिन साथै नियन्त्रण र छानबिन गरी जैबिक सुरक्षाकाे लागी क्वारेन्टाइन कार्यालय गड्डाचाैकी कन्चनपुर लगायत संघकाे मातहतमा रहि बिभिन्न कार्यलयले नाकामा काम गरिरहेको क्वारेन्टाइन कार्यालय कन्चनपुरका वरिष्ठ वाली संरक्षण अधिकृत काेमल शाहीले बताए ।

अन्तरक्रिया गाेष्ठीमा डाेटी जिल्लाका ९ वटै स्थानिय तहमा कृषि प्रविधिको रुपमा कार्यरत कृषि प्राविधिक,उद्याेग वाणिज्य संघ,उत्पादक कृषक, सहकारी संचालक, लगायतकाे सहभागिता रहेको थियो।

गाेष्ठीकाे अध्यक्षता क्वारेन्टाइन कार्यालय कन्चनपुरका वरिष्ठ वाली संरक्षण अधिकृत काेमल शाहीले गरेका थिए भने प्रमुख अतिथी डीभिजन वन कार्यालय सिलगढीका अधिकृत गाेकुल रिजाल, बिशिष्ट अतिथि कृषि ज्ञान केन्द्र डाेटीका प्रमुख गंगादत्त अवस्थी रहनुभएको थियो । गाेष्ठीमा क्वारेन्टाइन कार्यालय कन्चनपुरका वरिष्ठ वाली संरक्षण अधिकृत काेमल शाहीले सहजिकरण गर्नुभएको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.