

एकेन्द्र चन्द ,जेठ २८,डोटी : डोटीको बडीकेदार गाउँपालिकाका सबै वडाहरुलाइ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच बडिकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए सघै गाउँपालिकाका ५ वटै वडा पुर्णखोप
सुनिश्चितता तथा दिगोपना घोषणा भएका छ्न ।

उमेर अनुसार सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप प्राप्त गरिसकेको तथ्याङ्कको आधारमा स्वास्थ्य संस्थाहरूको समन्वयमा दिगोपनासमेत सुनिश्चित गरिएको बडिकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहिले बताउनु भयो ।
कार्यक्रममा खोप सेवा पहुँच, नियमितता, तथा दीगो स्वास्थ्य सुरक्षाबारे जानकारी प्रदान गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गरिएको स्वास्थ्य शाखा उप प्रमुख खडक बहादुर धामिले बताउनु भयो ।
पूर्णखोप सुनिश्चितता अभियानमा विशेष योगदान पुर्याउनु हुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

