Sujang

डोटीमा एक पुरुष मृत अवस्थामा फेला

Ban

जेठ २५ गते,डोटी :डोटीको सायल गाउँपालिका–६ दल्लेख काभ्रेको जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा ४१ वर्षीय सुवास दमाई रहेको डोटी प्रहरी कार्यलय डोटीले जनाएको छ । उनी जेठ १९ गते दिउँसो करिब ३ बजे घरमा कसैलाई जानकारी नदिई निस्किएपछि बेपत्ता भएका थिए।

परिवारजनले खोजतलास गर्ने क्रममा शनिवार काभ्रेको जंगलमा उनको शव फेला पारेको जनाएको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय डोटीले जनाएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.