Sujang

वातावरण दिवस डोटीमा पनि मनाइयो

Ban
Krishi

सुबास नेपाली ,जेठ २२,डोटी :”पलास्टिक प्रदुषण न्यूनीकरण हाम्रो दायित्व “भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस डोटीमा पनि मनाईएको छ ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो ।
सोही अवसरमा डिभिजन बन कार्यालय डोटीले पुर्बी चौकी गाउपालिका वडा नं १ मा अवस्थित सान्तिनगर पिक्निक स्पटमा वृक्षारोपण गरेर मनाएको हो।
उक्त क्षेत्रमा विभिन्न प्रजातिका १ सय २५ बिरुवा रोप्नुका साथै साजेन्द्रश्वर माबिका बिद्यार्थी सम्मीलित बातावरण सम्बन्धि अन्तर्कृया कार्यक्रम गरिएको हो।
उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्यय समिति डोटीका प्रमुख लक्ष्मण वहादुर सिँहले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।
पलाष्टिक जन्य वस्तुहरुको सहि व्यवस्थापन नहुदा विभिन्न समस्या निम्तिरहेको भन्दै यश सम्बन्धी जनचेतना फैलाउनुका साथसाथै बनजंगल जोगाउन लाग्नु पर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले प्लाष्टिक पोलुसन नियन्त्रमा जोड दिनुपर्ने बताउनुभयो ।पलाष्टिकले बातावरण प्रतिकुल बनाईरहेको बताउदै सबैले आफ्नो क्षेत्रबाट यस्को न्यूनीकरणमा लाग्नु पर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा मल्लो फुलौट सामुदायिक बन उपभोक्ता समितिले बन डढेलो नियन्त्रणमा सघाउ पुर्याउनेहरुलाई सम्मान पनि गरेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.