


सुबास नेपाली :जेठ २१,डोटी :सिलगढी बगलेक-झिग्राना सडक खण्डको मल्लो उडितोलामा भएको जिप दुर्घटनामा घाईते भएकाहरुको नेपाली सेनाको भैरव प्रसाद गणले उद्धार गरेको छ।
लुम्बिनि प्रदेश-०१-००१-च- ०२४४ नम्वरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा सायल गा.पा. ४ कि २५ वर्षिया पद्मा विष्ट र उनकी छोरी ५ वर्षिया विपना विष्ट,पूर्वीचौंकी गा.पा. २ कि ३५ वर्षिया बेलु साँउद,पूर्वीचौंकी गा.पा. २ कि ४०वर्षिया कुन्ति दमाई,पूर्वीचौंकी गा.पा. २ कि २५ वर्षिय गोविन्द बहादुर वली,सायल गा.पा. ४ कि ५१ वर्षिया हरु बयाडि घाईते भएका थिय।
घाइतेहरुलाई भैरव प्रसाद गणका जम हुम बहादुर कुमालको कमाण्डमा खट्टिएको १/५ को नफ्रिले उद्दार गरी थप उपचारको लागि जिल्ला अस्पताल डोटीमा पुन्याई उद्दार गरिएको प्रमुख सेनानी तथा भैरव प्रसाद गणका गणपति परिक्षित देउजाले जानकारी दिनुभयो।

