Sujang

किशोरीहरूका लागि उद्घोषण तथा आधारभूत पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु

Ban

जेठ १९ गते : डोटीको बाेगटान फुड्सिल गाउँपालिमा किशोरीहरूका लागि तीन दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

सोमबार नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बाेगटान फुड्सिल गाउँपालिकाको सहयोगमा महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गरिएको हो ।

Krishi

सोमबार नेपाल पत्रकारमहासंघ डोटी शाखा सचिव विक्रम खड्काको अध्यक्षता गरिएको कार्यक्रममा बाेगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष बिष्ना देउवा बमको प्रमुख आतिथ्यता गरिएको थियो । उक्त उद्घाटन सत्रमा पालिका नि.प्रमुख प्रशासकीय अधिकृत हेम बहादुर बोगटी, वडा नं.२ वडा अध्यक्ष भरत बम,वडा नं.७ का वडा अध्यक्ष चन्द्रमान सुनार र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चेतराज बिनाडिकाे सहभागिता रहेको थियो ।

उक्त तालीमको उद्धघान सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष बमले तालिमलाई भरपुर सदुपयोग गर्न अनुरोध गरिन् । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न समेत उनले सहभागीलाई जोड दिइन् ।

पालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत २४ जना किशोरीहरूको सहभागिता रहेको छ ।

तालीम जेठ २१ गतेसम्म सञ्चालन हुनेछ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.