Sujang

लागू औषध दुर्ब्यसनि र बाल बिबाह न्यूनीकरण गर्न पालिकालाई मागपत्र

Ban

सुबास नेपाली ,जेठ,१३ डोटी :आदर्श गाउपालिकाका बालकल्बका बालबालिकाहरुले आदर्श गाउपालिकालाई मागपत्र बुझाएका छन।
अहिलेको समयमा बालबालिकाहरु लागू औषध दुर्ब्यसनिको सिकार भैरहेको र बाल विवाह भैरहेको भन्दै त्यसको रोकथाम तथा न्यूनीकरण गर्नु पर्ने माग राख्दै आदर्श गाउपालिकाका अध्यक्ष गणेश खडकालाई ९ बुदे माग पत्र बुझाएका हुन।
आफ्नो पालिकामा लागू औषध दुर्ब्यसनि र बाल बिबाहका घटना बढिरहेको भन्दै आर्थिक वर्ष २०२/८३ को नीति तथा कार्यक्रममा सम्बोधन गरिदिन माग पत्र बुझाईएको आदर्श गाउपालिकाका बाल क्लब अध्यक्ष प्रेम पाठकले बताउनुभयो ।

Krishi

माग पत्र बुझ्दै अध्यक्ष गणेश बहादुर खडकाले लागू औषध दुर्ब्यसनी अहिलेका बालबालिकाहरुको मुख्य समस्या भएको र त्यसको रोकथाम र न्यूनीकरणकालागी पालिक सकारात्मक रहेको र बालबालिका रोक्न आफ्नो पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष खडकाले बालबालिकाका माग सम्बोधन गर्न आफू तयार रहेको पनि बताउनुभयो ।

वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा समान पहुँच बिकास केन्द्रको सहयोगमा आयोजित गाउपालिका स्तरिय बालबालिकाहरुको नेतृत्व बिकास फोरम कार्यक्रमा आदर्श गाउपालिकाका ७ वटै वडाका बाल क्लबबाट ४४ जना बालबालिका सहभागी भएको कार्यक्रममा बालबालिकाका मुख्य समस्या पहिचान गरि माग पत्र बुझाइएको समान पहुँच बिकास केन्द्रका परियोजना संयोजक सुनिल जोशीले जानकारी दिनुभयो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.