Sujang

सरोकारवालाहरुसंग पैरवी बैठक सम्पन्न

Ban

जेठ ६ गते ,डोटी : लैंगिक हिँसा रोकथामका लागी सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तरगत सरोकारवालाहरुसंगको पैरवी बैठक सम्पन्न भएको छ।

मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिकाको सभा हलमा
लैंगिक हिँसा रोकथामका लागी सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तरगत सरोकारवालाहरू सँगको बैठक सम्पन्न भएको हो ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह रहनु भएको थियो ।

लैङ्गिक हिंसा रोकथाममा सबैले लाग्नुपर्ने जिल्ला समन्वय प्रमुख सिंहले बताए ।समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरूको न्यूनीकरणमा विभिन्न सङ्घ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबैको सहयोग आवश्यक रहने बताए ।

समाजमा कुनै पनि महिलाहरूले हिंसा सहेर बस्न नहुने त्यसको लागि सुरुमा महिलाहरू नै अग्रसर हुनुपर्ने नगर प्रमुख खड्काले बताए ।

जसको कोही छैन उसको स्थानीय सरकार छ भन्ने विश्वास साथ सबैले अगाडी बढ्न आवश्यक रहेको बताए ।

कार्यक्रममा साथी संस्थाकी सुदूर पश्चिम संयोजक पार्वती भण्डारी र सेफ हाउस डोटीकी प्रमुख एवं मनाेविमर्शकर्ता बन्दना बमले संस्थाले गरिरहेका कार्यको प्रस्तुति राखेकी थिइन् ।

बैठकमा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.