

जेठ ५ डोटी,डोटी: डोटीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ भने एक घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार जिल्लाको पुर्वीचौकी गाउँपालिका – २ वाडीमा चट्याङ लागेर घाइते भएकी प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउँदको मृत्यु भएको हो ।
घरको झ्यालमा बसिरहेको बेला चट्याङ्ग घाइते भएकी साउँदको उपचारका लागि जिल्ला अस्पताल डोटीमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको छ ।
उनको पेट र अनुहारमा गम्भीर चोट लागेको थियो ।
त्यस्तै बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमि ३६ वर्षकी अस्मिता ओली विष्ट चट्याङ लागेर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । उनको दायाँ पाखुरामा चोट लागेको भए पनि अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।पनि अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
