Sujang

डोटीमा चट्याङ लागेर दुई जना महिला घाइते

Ban

जेठ ५ डोटी,डोटी: डोटीमा चट्याङ लागेर दुई जना महिला घाइते भएकी छन् । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी हुन । सोही वडामा बस्ने प्रेम सिंह साउदको श्रीमती वर्ष ४० कि देउमती साउद आफ्नै घरको झ्यालमा बसिरहेको बेला चट्याङ्ग घाइते भएकी छन् ।
उनको पेट र अनुहारमा गम्भीर चाेट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनि सँगै बसेकी बगलेक स्वास्थ्यचौकीमा कार्यरत अनमि ३६ बर्षकि अस्मिता ओलि विष्ट पनि चट्याङ लागेर घाइते भएकी छन् । उनको दाँया पाखुरामा चोट लागेको भए पनि अवस्था मध्यम रहेको वताईएको छ ।
उपचारका लागि दुबै जनालाई जिल्ला अस्पताल डोटीमा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.