Sujang

प्रतिनिधि र प्रदेशसभा गरी ३७६ जनाको उम्मेदवारी फिर्ता

असोज ,२६ गते – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभार्फत ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।

प्रतिनिधिसभातर्फ ११९ जनाले फिर्ता लिएसँगै २ हजार ४१२ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार १८७ जना पुरुष र २२५ जना महिलाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभातर्फ पनि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २५७ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ३ हजार २२४ जनाको उम्मेदवारी कायम भएको छ । जसमा २ हजार ९४३ जना पुरुष, २८० जना महिला तथा एक जना अन्यको उम्मेदवारी कायम भएको हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.