Sujang

अखण्ड सुदूरपश्चिमको नाराले डोटीको औचित्य,अधिकारलाई कुण्ठित गरेको हो : अध्यक्ष प्रचण्ड

Ban

जेठ ३ गते,डोटी : नेकपा ओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखण्ड सुदूरपश्चिमको नाराले डोटीको अधिकारलाई कुण्ठित गरेका बताएका छन् ।

“जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान” अन्तरगत शनिवार दिपायलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले विगतमा ऐतिहासिक, राजनीतिक, सांस्कृति र प्रशासनीक गौणा रहेको डोटी अखण्ड सुदूरपश्चिमको नाराले कुण्ठित भएको बताएका हुन् ।

डोटी जिल्ला विगतमा राजनीतिक, ऐतिहासिक सभ्यता र सांस्कृतिक प्रतिकमा रहेको वताउदै पछिल्लो पछिल्लो समय सुदूरपश्चिमको केन्द्र कैलाली तोकिएपछि डोटीको त्यो इतिहास, गौरव कमजोर पर्न लागेको बताए ।
आफुले शान्ति सम्झौतामा हस्ताक्षर गरेर, संविधान सभाको निर्वाचन हुनुपूर्व डोटी आएको स्मरण गर्दै त्यतीबेला डोटी नै सुदूरपश्चिमको केन्द्र हुन्छ र हाम्रोतर्फबाट सहयोग हुन्छ भनेको थिए उनले भने,“अन्तः हाम्रो त्यतिबेला केही लागेन प्रदेशको केन्द्र कैलाली हुन पुग्यो । हामीले सुदूरपश्चिलाई जुनरुपले बुझेका थियौं, त्यो समय सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने एउटा बहस चल्यो र त्यही नाराले डोटीमा रहेको केन्द्रलाई कैलाली पु¥याएको हो भनेर बुझ्न डोटेली जनताहरुलाई अनुरोध गर्दछु ।

अब यहाँको लाइफलाइन, आर्थिक, राजनीतिक सांस्कृतिक, पर्यटकीय गतिविधिका लागि खुटिया दिपायल फाष्ट ट्रयाक विषेश मार्गका रुपमा रहेको अध्यक्ष प्रचण्डले बताए । खुटिया दिपायल राजमार्गको प्रतावक म नै हो । प्रधानमन्त्री हुँदा यसको प्रस्ताव ल्याएको थिए,“उनले भने,“यस मार्गको आज मात्रै अवलोकन गरियो , निर्माण प्रक्रिया अघि बढेको छ । निर्माण सम्पन्न गर्नका लागि सडक, सदन र सरकारका मोर्चाबाट तपाइहरुलाई सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।

उहाँले पश्चिम सेती जनलविधुत परियोजना अगाडी बढाउन र सम्पन्न गर्न आफुहरु गम्भीर रहेको बताए । डोटीमा इन्जिनियररि कलेज स्थापना, दिपायलमा रहेको विमानस्थल नियमित सञ्चालन गर्न कृषि उत्पादनको उत्पादकत्व बढाउने गरी काम गर्न प्रतिवद्ध रहेको उनले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.