

वैशाख ३१, डोटी:डोटीको सेती नदीमा बगेर बेपत्ता भएका अमित विकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजे तिर दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनका रमेश विकका छोरा अमित विक सेती नदीमा बगेर बेपत्ता भएका थिए।
बगेर बेपत्ता भएका अमित विकको शव बुधबार बिहान १:३० बजे तिर श्रीखोलीशैनमै फेला परेको प्रहरीले जानकारी दिएको छ।
विक घर नजिकैको सेती नदीमा मंगललबार दिउँसो नुहाउने क्रममा बगेका थिए ।
