

वैशाख ३० गते, डोटी :डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं.७ का २ वटा समूहका ३९ जना कृषकहरूलाई एक कार्यक्रमका बिच कृषि सामाग्री सहयोग गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले कृषि उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यका साथ कृषि सामाग्रीहरू र बिउ बिजन वितरण गरेको हो ।
प्लास्टिक टनेल,हजारी, प्लास्टिक पाइप लगायतका सामाग्रीहरू हस्तान्तरण गरिएको परियोजना मा कार्यरत नीरज बोगटीले बताए ।
उक्त कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कर्ण विष्टले कृषि क्षेत्रमा ब्याबसायिकरण गर्न चाहने लाई यो ठुलो सहयोग भएको बताउँदै कृषिमा गर्न चाहने किसानका लागि आगामी बजेटमा प्राथमिकता दिएका काम गर्ने बताए।
उक्त कार्यक्रम मा गुड नेवर्श इन्टरनेशनल नेपालका डोटी जिल्ला कार्यक्रम संयोजक गीता चौधरीले संस्थाले गरेको सहयोग छेणिक भएकाले आत्मनिर्भर भएर आफै व्यावसायिक बन्नका लागि सहयोग गरेको बताए ।
त्यसतै सामुदायिक विकास मञ्च नेपाल का अध्यक्ष खडक राज शर्मा ले विभिन्न संघ संस्थाहरू सँगको सहकार्यमा लामो समयदेखि काम गर्दै आएकाले अझै पनि आयआर्जन क्षेत्रमा राम्रो काम गर्नेलाई थप सहयोगका लागि निरन्तर सहयोग गर्ने बताए ।
सामुदायिक विकास मञ्च नेपालका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका वडा नं ७ का अध्यक्ष कर्ण विष्टको प्रमुख आतिथ्यमा र गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गीता चौधरी, कृषि प्राविधिक, किसानहरू लगायतको उपस्थितिमा उक्त कृषि सामाग्री हस्तान्तरण सम्पन्न भएको छ ।
