Sujang

गायक अमर लामाको निधन

Ban

बैशाख ३० गते,डोटी : डोटीका गायक अमर लामाको निधन भएको छ।

जिल्लाको बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आएका गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो। संगितकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका लामा बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए। उनलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँ लगिएको थियो।

Krishi

सोमवार राति उनको उपचारकै क्रममा निधन भएको हो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार लामाले सुदूरपश्चिमको कला, सँगीत र संस्कृतिमा ठुलो योगदान पुगाएको बताए।

डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावतले लामाको निधनले सुदूरपश्चिमको संगीत क्षेत्रमा ठुलो क्षति पुगेको बताए।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.