

बैशाख ३० गते,डोटी:डोटीमा सेती नदीमा बगेर एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो करिब २ बजेतिर दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ श्रीखोलीशैनका रमेश विकका १० वर्षीय छोरा अमित विक सेतीमा बगेर बेपत्ता भएका हुन् ।
सेती नदीमा नुहाउने क्रममा बगेर अमित बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
