Sujang

डोटीको आदर्शमा कुटाकुट हुँदा दुई जना गम्भीर घाइते

Ban

बैशाख २९, डोटी :डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन् । दुई जनाकै स्वास्थ्य अवस्था `गम्भीर´ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
शुरुमा हिजो बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको समयमा पातल गाउँमा बस्ने बर्ष ३१ को अशोक रोकायालाई अपरिचित व्यक्तिले धारीलो हतियार प्रहार गरी टाउको र शरिरका बिभिन्न भागमा चोट लागी घाईते अवस्थामा फेला पारेको बताइएको छ । घट्नास्थलमा ११ बजेतिर सोही पातल गाउँ बस्ने ३०/३२ वर्षको सन्तोष भाटले प्रयोग गर्ने मोबाईल फेला पारेका थिए । त्यसपछि घाइते भेटिएका अशोक रोकायाका आफन्तहरुले सन्तोष भाटले नै कुटपिट गरेको आशंका गरी आदर्श गाउँपालिका ४ को देहिमाण्डौबाट सन्तोष भाटलाई नियन्त्रणमा लिई कुटपिट गरेको प्रहरीले जनाएको छ । साथै उनको सु.प.प्र. ०१ ००१ च ४११८ नं. को बोलेरो जिपमा तोडफोड तथा आगजनी गरी पूर्ण रुपमा क्षेती भएको बताइएको छ ।
घटना बारे जानकारी पाएपछि प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले घाईते दुवै जनालाई उद्दार गरी उपचारको लागी दिपायल तर्फ पठाएको थियो ।अशोक रोकायालाई राती करिब सवा एक बजेतिर सुजङ अस्पताल राजपुर डोटीमा पुर्‍याई उपचार भईरहेको र सन्तोष भाटलाई राति करिब डेढ बजेतिर जिल्ला अस्पताल डोटीमा पुर्‍याई उपचार भईरहेको छ ।

Krishi

घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.