

बैशाख २८, गते डोटी: डोटीको शिखर नगरपालिका -३ पल्लेगडामा प्रसूति गृह निर्माण हुने भएको छ। स्वाथ्य मन्त्रालयको आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा भवन निर्माण हुन लागेको हो ।
भवन निर्माण कार्यको शनिबार नगर प्रमुख दीर्घ बहादुर बलायरले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै उनले यस क्षेत्रमा प्रसूति गृह अत्ति आबस्यक भएकाले सम्झौता अवधि भित्र, गुणस्तरीय काम गरेर निर्माणकार्य सम्पन्न गर्न निर्माण व्यसायीलाई निर्देशन दिए ।
आधारभूत स्वाथ्य सेवा केन्द्रसँगै निर्माण कार्य सुरु भएको उक्त भवनले महिलाहरूका लागि सहज हुने नगर प्रमुख सुनिता रावल जोराले बताइन् । ३ नम्बर वडाका महिलाहरुले सुत्केरी सेवा लिन मुडभरा, दिपायल जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै बर्थिङ्ग सेन्टर यहाँ निर्माण गर्ने भनी छनोट गरिएको उनले वताईन् ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयको ३९ लाख बजेटमा चार कोठे, दुई तले भवनको निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ।
