Sujang

निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय पचास जना लाभान्वित

Ban

बैशाख २७ गते ,डोटी : डोटीको केआईसिंह गाउँपालिका-४ वायलमा भएको निःशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट ६ सय ५० जना लाभान्वित भएका छन् ।

“म हिँड्छु,मेरो पालिका हिँड्छ” भन्ने नाराका साथ जनता सँग विशेषज्ञ डाक्टर अन्तर्गत के.आई.सिहँ गाउँपालिकाको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौँको प्राविधिक सहयोगमा शनिबार गरिएको एक दिने नि: शुल्क मुटु स्वास्थ्य परीक्षणमा छ सय ५० जनाले सेवा लिएका हुन् ।

शिविरमा उपचार लिएकामध्ये ६ सय ५० जनाले इको जाँच , दुई सय ३८ जनाले इसिजी र एकसय ५० जनाले मधुमेह जाँच गराएको केआईसिंह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवीन माझिले वताए।

गाउँपालिकाभित्रका सबै नागरिकलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको केआई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।

विभिन्न कारणले गाउँघरमा बिरामीहरू उपचार नगरेर रोग लुकाउन बाध्य रहेका कारण विशेषज्ञ चिकित्सक सहितको टोली गाउँमै ल्याएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए ।

नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै आगामी दिनमा पनि स्वास्थ्य शिविर सञ्चालन गरिने उनले बताए ।

शिविरमा मुटु जाँचका लागि आएका व्यक्तिहरूलाई निःशुल्क परामर्श सेवा सहित आवश्यकताका आधारमा औषधी वितरण गरिएको अध्यक्ष शाहीले बताए  । 

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुशान्त खरेलको नेतृत्वमा रहेका १८ जना स्वास्थ्यकर्मीको टोलीले निःशुल्क उपचार प्रदान गरेका थिए ।
उपचार सेवा लिएकामध्ये २ जना मुटु रोगका गम्भीर बिरामी फेला परेका डा. खरेलले बताए ।

जयन्ती ट्रस्टको सहयोगमा गम्भीर प्रकृतिको समस्या देखिएका दुई बिरामीको मुटुको अप्रेसन सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क गरिने भएको छ।

शिविरमा म्यागनस फार्मास्युटीकलले निःशुल्क औषधि सहयोग गरेको थियो ।

गाउँमै निःशुल्क मुटुको जाँच गर्न पाएकोमा के.आई .सिंह गाउँपालिका – ४ बस्ने रिता भुलले  खुसी व्यक्त गरिन् ।

त्यस्तै उपचार सेवा लिएकाहरूले गाउँमै निःशुल्क मुटुको जाँच गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले अन्यत्र अस्पतालमा पुगेर हजारौँ रुपियाँ खर्च गरेर गर्नुपर्ने मुटुको जाँच सेवा स्थानीय स्तरमा विशेषज्ञ चिकित्सकबाट जाँच गर्न पाएको भन्दै खुसी व्यक्त गर्दै आयोजना गरी सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका छन् । 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.