Sujang

अगुवा कृषकलाई प्राकृतिक खेती सम्बन्धी प्रशिक्षण प्रशिक्षक तालिम प्रदान

Ban

तेजु ओलि,बैशाख २६ गते,डोटी :सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीद्वारा शिखर नगरपालिका वडा नं.३,४,५,६ र ७ का १४ जना दिपायल सिलगढी नगरपालिका वडा न ८ का ६ जना गरी २० जना स्थानीय स्रोत व्यक्ति र अगुवा कृषकहरूलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।

Krishi

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले कार्यान्वयन गरिरहेको एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत स्रोत व्यक्तिहरूलाई प्राकृतिक खेती प्रणालीको परिचय, सिद्धान्त, बिरुवाहरूलाई चाहिने विभिन्न पोषक तत्त्वहरू, सूक्ष्म जीवाणु बनाउने विधि, प्रशोधित बिरुवा फलफूल र चौलानी झोल बनाउने तरिका साथ साथै जैविक जडीबुटी, माछाको प्रशोधित झोल , फस्फोरस र क्याल्सियम बनाउने विधि र तिनको प्रयोग बाली बिरुवामा कसरी गर्ने भन्ने बारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

शिखर नगरपालिका ३ देखि ७ मा रहेका प्राकृतिक खेती समूहका २ सय ७० कृषकहरू मध्येमा छनौट भएका १४ जना र दिपायल सिलगढी नगरपालिका वडा न ७ का ७० जना मध्ये ६ जना अगुवा कृषक तथा स्रोत व्यक्तिहरूलाई तालिम दिइएको सामुदायिक विकास मञ्चका कृषि प्राविधिक तथा कार्यक्रम संयोजक नीरज बोगटीले जानकारी दिए ।

तालिम लिएका ६ जना अगुवा किसानलाई प्राकृतिक खेती प्रणाली सम्बन्धी सिकेका कुराहरू सिकाउन प्राकृतिक खेती समूहमा परिचालन गरिने छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.