Sujang

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Ban

गणेश मौनी,वैशाख २३ डोटी:नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सोमबार बिपिनगरमा सम्पन्न भएको छ ।
लघुवित्त वित्तीय संस्थामा आबद्ध समुहका सदस्यहरूलाई विविध विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड विपीनगर शाखामा कार्यरत कर्मचारी शेर बहादुर बोहराले बताए ।

Krishi

महिला दिदी बहीनीहरुले वित्तीय संस्थाबाट ऋण लिएपछि केही न केही व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको कार्यक्रमकी प्रमुख अतिथि एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन् वित्तीय सहकारी संस्थाले पनि गाउँघरका सोझा साझा महिला दिदी बहीनीहरुलाई सही सूचना आदान प्रदान गर्नुका साथै महिला दिदी बहीनीहरुको आय आर्जन हुने काममा ऋण लगानी गर्न सहयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा वित्तीय साक्षरताको विविध विषयवस्तुको बारेमा अमरगढी क्लस्टर प्रमुख डन्डीराज बोहरा र विपीनगर शाखा प्रमुख जङ्ग बहादुर बोहराले प्रस्तुतीकरण गरेका थिए । केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत समूहमा आबद्ध चुरे, जोरायल र बडीकेदार गाउँपालिकाकी महिला दिदी बहीनीहरुको सहभागिता रहेको थियो ।

२०७७ सालमा बिपीनगरमा शाखा स्थापना भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय लिमिटेड संस्थामा हाल ६७ वटा महिला समूह गरी करिब ११ सय जना आबद्ध रहेको संस्थाले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.