Sujang

अछाममा हसियाले आफ्नै घाँटी रेटेका गणेशको मृत्यु

Ban

बैशाख १६,अछाम :अछामको वान्नीगढी जयगढ गाउँपालिकामा घाँटी रेटेर आत्महत्या प्रयास गरेका एक जनाको पुरुषको मंगलवार उपचारको लागि लैजाने क्रममा मृत्यु भएको छ । वान्नीगढी जयगढ गाउँपालिका वडा नं.३ जाल्तोलका वर्ष ४० का गणेश लुहारको उपचारको लागि धनगढी लैजाने क्रममा डोटीको गैरामा मंगलवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
लुहारले सोमबार आफ्नै घरको आँगन अगाडि हसियाले आफ्नै घाँटी रेट्दा घाईते भएका थिए । घाईते लुहारको बयलपाटा अस्पतालमा सामान्य उपचार पछि धनगढी रेफर गरिएको थियो ।घट्नाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.