Sujang

बाह्रवन साझेदारी वनको अध्यक्षमा वीर बहादुर चोखाल निर्वाचित

Ban

बैशाख ११ गते अत्तरिया: कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा वीर बहादुर चोखाल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी डण्डीराज सुवेदीलाई २८ मतको अन्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृत उजिरसिंह कुँवरका अनुसार चोखालले कुल ७३ मत प्राप्त गरे भने सुवेदीले ४५ मतमा सीमित रहे। यसपटक समितिका १६ पदका लागि मतदान सम्पन्न भएको थियो, जसमा ४५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए।

वन व्यवस्थापनमा थप पारदर्शिता र वन आवद्ध उपभोक्ताहरुको हकअधिकार लागि कार्य गर्ने निर्वाचित अध्यक्ष चोखालले बताए । बिजय गराउन सहयोग गर्ने सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरे।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.