

बैशाख ८, डोटी : डोटीका एक जना वडा अध्यक्षले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ‘ब्लड बैंक स्थापना’ गरिदिन माग गर्दै सोमबार ज्ञापन पत्र पेश गरेका छन् ।
दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई ज्ञापन पत्र पठाएका हुन् ।
आकस्मिक दुर्घटना, सुत्केरी महिलाको अप्रेशन गर्दा रगत चाहिने अवस्था भएमा र रक्त अल्पताका बिरामीहरुका लागि आकस्मिक रगत चाहिएमा सहजै नपाईने समस्या रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
