Sujang

दिपायलमा सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’ खुल्यो

Ban

वैशाख ८ गते ,डोटी : दिपायलमा सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’ सञ्चालनमा आएको छ ।
दुई जना युवाब्यवसायी सानु बलायर र नवराज भट्टको संयुक्त लगानीमा ‘दिपायल फिटनेस केन्द्र’ स्थापना गरिएको हो ।

उक्त जिम सेन्टरको आइतबार दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले उद्घाटन गरेका हुन् ।

Krishi

२५ लाखको लागतमा खुलेको जिम सेन्टरको उद्घाटनमा
शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायर, उपप्रमुख सुनिता रावल जोरा, आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकाया, सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली लगायतको उपस्थिति रहेको थियो ।

जिल्लावासीको स्वास्थ्य र फिटनेसप्रति चासो बढ्दै गइरहेकोले आधुनिक जिम सञ्चालनमा ल्याएको सञ्चालक भट्टले बताए ।

युवाहरूलाई आत्मनिर्भर बनाउने, स्वास्थ्यप्रति सचेत बनाउने र दिपायललाई स्वस्थ जीवनशैलीतर्फ डोर्‍याउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याएको अर्का लगानीकर्ता बलायरले बताए ।

फिटनेस केन्द्रमा कार्डियो, वेट ट्रेनिङ, स्ट्रेचिङ, मसल बिल्डिङ, वेट लस, फिजिकल थेरापी लगायतका विविध सेवाहरू उपलब्ध हुने जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.