Sujang

दिपायलमा सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’ खुल्यो

Ban

वैशाख ८ गते ,डोटी : दिपायलमा सुविधा सम्पन्न ‘फिटनेस केन्द्र’ सञ्चालनमा आएको छ ।
दुई जना युवाब्यवसायी सानु बलायर र नवराज भट्टको संयुक्त लगानीमा ‘दिपायल फिटनेस केन्द्र’ स्थापना गरिएको हो ।

उक्त जिम सेन्टरको आइतबार दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले उद्घाटन गरेका हुन् ।

२५ लाखको लागतमा खुलेको जिम सेन्टरको उद्घाटनमा
शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बलायर, उपप्रमुख सुनिता रावल जोरा, आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकाया, सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली लगायतको उपस्थिति रहेको थियो ।

जिल्लावासीको स्वास्थ्य र फिटनेसप्रति चासो बढ्दै गइरहेकोले आधुनिक जिम सञ्चालनमा ल्याएको सञ्चालक भट्टले बताए ।

युवाहरूलाई आत्मनिर्भर बनाउने, स्वास्थ्यप्रति सचेत बनाउने र दिपायललाई स्वस्थ जीवनशैलीतर्फ डोर्‍याउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याएको अर्का लगानीकर्ता बलायरले बताए ।

फिटनेस केन्द्रमा कार्डियो, वेट ट्रेनिङ, स्ट्रेचिङ, मसल बिल्डिङ, वेट लस, फिजिकल थेरापी लगायतका विविध सेवाहरू उपलब्ध हुने जनाएको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.