

वैशाख ५ गते, डोटी : डोटीमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैन बस्ने तपन सार्कीको छोरा अन्दाजी वर्ष २४ को नरेश सार्कीको गोली लागेर मृत्यु भएको प्रहरी चौकी खँड्यौलीका प्रमुख बिरादत्त पन्तले बताएका हुन् ।
बिहीबार दिउँसो बडीकेदार गाउँपालिका १ बेडुपाटा खोलाको किनारमा सिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका -१ रजेडका ४८ वर्षका कमल सिंह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेश सार्कीको दायाँ छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घटनामा संलग्न गरेका बडीकेदार गाउँपालिका १ रजेडाका वर्ष ४८ का कमल सिंह खड्का, सोही स्थानका वर्ष २६ का खेम खड्का , वर्ष ५२ का तारा सिंह खड्का ,बडीकेदार गाउँपालिका २ बर्छैन बस्ने वर्ष ३९ का तेजेन्द्र भाट सोही स्थानका वर्ष ४० का अम्मर शाह, वर्ष ३१ का चक्र भाट , वर्ष १८ का सुनिल बम , वर्ष ३७ का गणेश घर्तिमगर , वर्ष ७१ का मान बहादुर शाह र बडीकेदार २ गर्भुजा बस्ने वर्ष २६ का जुलेश नामजाली मगर लाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।
