Sujang

डोटीमा खाेलामा डुबेर एक युवक बेपत्ता

Ban

चैत,२८:डाेटीमा खाेलामा डुबेर एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको शिखर नगरपालिका – ४ बनाेली बस्ने गणेश महराका १९ बर्षिय छाेरा नरेश महरा खाेलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

साेहि पालिकाकाे वडा नम्बर ५ र ७ मा बिवाहकाे कार्ड वितरण गरि फर्कने क्रममा वडा नम्बर ५, तिजाली र ७ काे सिमानामा पर्ने ठुलिगाड (खाेला) मा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

स्थानीय र प्रहरीबाट खाेजि कार्य भइरहेकाे र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेका बताइएकाे छ । गहिराे ताल भएका कारण खाेजिकार्यमा केही कठिनाइ भइरहेकाे स्थानीयले बताएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.