

चैत २६ गते ,डोटी :मानबिय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाको केयर एन्ड रिलिफ CAR-22 परियोजनाअन्तर्गत डोटीका आदर्श गाउँपालिका र सायल गाउँपालिकाका स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको हो ।
परियोजना मार्फत ल्याबका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर बिरामी हरूले घण्टौँ लगाएर महंङ्गो मूल्य तिरेर टाढा जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको आदर्श गाउँ पालिका वडा न ६ का वडा अध्यक्ष लालबहादुर खडायतले बताए।
जिल्लाको दुर्गम बस्तीमा रहेको आदर्श गाउँपालिका – ६ मा रहेको गिरि चौका स्वस्थ चौकी र सायल स्वास्थ्य चौकीलाई १७ लाख बराबरको विभिन्न रोग परीक्षणमा सहज होस भनेर मेसिनहरू वितरण गरेको संस्थाका अध्यक्ष भक्त राज जोशीले बताए।
दुर्गम बस्तीबाट सामान्य रोगको चेकजाँचका लागि अझै पनि सदरमुकाम पुग्नु साथै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई रोक्नका लागि सहयोग होस भन्ने हेतुले उक्त सामग्री वितरण गरेको जोशीले बताए ।
सामाग्री बुझ्दै आदर्श गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले संस्थाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिइन् ।
आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताइन् ।
त्यस्तै सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले संस्थाले गरेको ठुलो सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य कर्मी, स्वयंसेविका,अभिभावक, जनप्रतिनिधि लगायतको सहभागितामा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।