Sujang

डोटीमा एक जना मृत अवस्थामा फेला

Ban

एकेन्द्र चन्द ,असोज २५ गते – डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

Krishi

जिल्लाको वडिकेदार गाउँपालिका – ३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलमबहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका हुन्।

गाउँपालिका -३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा उनी बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टका अनुसार उनको शव खोलामा सडिगलेको अवस्थामा फेला परेको बताए । फेला परेको शव आफन्तलाई बुझाइ सकेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.