Sujang

डोटीका एक जनाको भारतमा शंकास्पद मृत्यु

Ban

चैत २४ गते : डोटीका एक जनाको भारतमा शंकास्पद मृत्यु भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-६ घर भई हाल भारतको पन्जाब लुधियाना डुग्रिमा काम गर्दै आएका २२ वर्षिया टेक बमको शंकास्पद मृत्यु भएको खुलेको छ ।

रोजगारीका लागि भारत काम गर्दै आइरहेका बम शुक्रवार राती ऊनी बस्ने कोठामा मृत फेला परेका हुन् ।

कोठामा मृत फेला परेका बमको शरीरमा चोटपटक लागेकाले घर धनीले उनको हत्याको गरेको आफन्तले आरोप लगाएका छन् ।

मृत फेला परेको भन्दै उनको शव घर धनीले आफन्त नआउँदै अस्पताल पुर्‍याउँदा घटना झन् शंकास्पद रहेको उनका दाजु निर्मल बमले बताए ।

उनले भने,’ चार महिना देखि न्यु एवि वसन्त कोठीमा भाइ काम गर्दै आएको थियो । तर शुक्रवार राती एक्कासि भाइको मृत्यु भएको खबर घर धनीले भन्दा आफू छागावाट खसे जस्तै भए।राती आफूसँग कुरा गरेर सुतेको भाइको दोस्रो दिन बिहान मृत्युको खबर सुन्दा दुःखित छु ।’

उनले थपे,’ हामीलाई जानकारी नदिई भाइको शव कोठाबाट लगेर शिविल अस्पतालको गोदाममा राखेको थियो । उनलाई कुटपिट गरेर हत्या गरिएको हो।शरीरका केही ठाउँमा नीलडाम रहेका छन् ।’

भारतमा रोजगारीका लागि गएकाहरूको यसरी हत्या गरिदा हामी निक्कै दुखित भएको शिवराज विनाडिले बताए । घर मालिकले आफन्त नआउँदै उनको शवलाई अस्पताल लगेर प्रहरी चौकी बोलाएर कुरा गरौँ भन्दा घटना निक्कै शंकास्पद रहेको उनले बताए ।

घरधनीले उनलाई  कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेर सिधै अस्पताल लगेको बताएको छ ।

त्यहाँ काम गर्ने नेपालीहरूले भने उनको हत्या गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका छन् ।

उनको कोठीमा काम गर्ने एक जना अर्का व्यक्तिको समेत केही वर्ष अगाडी घर धनीले यसरी नै हत्या गरेको श्रोतको दाबी छ ।

आफन्तलाई दबाब दिएर क्रिया खर्च र केही रकम दिएर पोस्ट मार्टम पश्चात् लास बुझ्न लगाइएको बताइएको छ।

भारतमा रोजगारीका लागि गएका नेपालीहरूको काम गरिरहेकाबेला यसरी हत्या हुँदा आफूहरू सुरक्षित नभएको भन्दै सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

पोस्टमार्टमको रिपोर्ट भने आउन वाकी रहेको छ। प्रहरीले रिपोर्ट पश्चात् अनुसन्धान अगाडी बढाउने भने पनि घटना लुकाउन खोजेको आफन्तले  बताएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.