Sujang

सीताराम बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा दोस्रो पटक बलायर निर्वाचित 

Ban

चैत २३ गते ,डोटी : सुदूरपश्चिम विश्वविद्यालय  अन्तर्गतको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटको  स्ववियु अध्यक्षमा  नेविसंघका उमेश बलायर दोस्रो पटक निर्वाचित भएका छन् ।

अध्यक्ष बलायरसहित नेविसंघका सम्पूर्ण पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत चेतराज भट्टका अनुसार उपाध्यक्षमा मनिषा कुमारी भट्ट ( रोस्यारा ), सचिवमा ललित बहादुर साउद, सह सचिवमा लक्ष्मी कुमारी विक, कोषाध्यक्षमा कविता कुमारी बलायर निर्वाचित भएका हुन् ।

सदस्यहरुमा टिकेश्वरी जैसी, शोभा बलायर, माया बलायर, यशोदा कुमारी भट्ट, शारदा खडक र लालमनी भट्ट निर्वाचित भएका छन् ।

निर्वाचित पधाधिकारीहरुलाई बिहीबार सपथ तथा पदभार ग्रहण गराइएको छ ।

नव निर्वाचित स्ववियु अध्यक्ष उमेश बलायरले क्याम्पसको शैक्षिक उन्नति, विद्यार्थीको हक हितसँगै सुदूरपश्चिम विश्व विद्यालयको हकहित र त्यो अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको हितमा काम गर्ने वाचा गरे ।

Salmuni
Leave A Reply

Your email address will not be published.