

देशमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमहरु नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानमाथि धावा बोल्ने कार्य भइरहेको भन्दै लोकतन्त्रको पक्षमा जिल्ला स्तरीय जनजागरण कार्यक्रम गरेको नेकपा एमाले जिल्ला कमिटी डोटीले जनाएको छ ।
त्यस्तै कार्यक्रममा बोल्ने नेताहरुले मृत अवस्थामा रहेको एकात्मक निरंकुश राजतन्त्रलाई पुनर्स्थापना गर्ने भन्ने जस्ता भ्रम फैलाइरहेको आरोप लगाउँदै लोकतन्त्रको विकल्प लोकतन्त्र हुने बताएका छन् ।
सिलगढीमा आयोजना गरिएको कार्यक्रममा उक्त कार्यक्रममा पार्टी प्रदेश, जिल्ला, पालिका कमिटी पदाधिकारी सहित नेताकार्यकर्ताहरुको समेत सहभागीता रहेको थियो ।