Sujang

वन्यजन्तु सम्बन्धी अपराधको घटनास्थल अनुसन्धान तालिम सम्पन्न

Ban

सुबास नेपाली,चैत्र,१७ डोटी:डोटीमा वन्यजन्तु सम्बन्धी अपराधको घटनास्थल अनुसन्धान तालिम सम्पन्न भएको छ।

भौतिक सबुदहरूको सङ्कलन गर्ने, प्याकेजिङ गर्ने, परीक्षण गर्ने र अदालतमा प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्ने, रायसहितको अनुसन्धान प्रतिवेदन तयार गर्न सक्षम तुल्याउने उदेश्यले तालिमको आयोजना गरिएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगत रहेको शुक्लाफाटा संरक्षण कार्यक्रमको आयोजनमा र डिभिजन बन कार्यालय डोटीको समन्वय तथा सहकार्यमा आयोजना गरिएको ५ दिने तालिममा नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी डिभिजन बन कार्यालय डोटी,खप्तड राष्ट्रिय निकुञ्ज र हुलाकका अग्रपंक्तिमामा खटिने कर्मचारी गरि २५ जनालाई उक्त तालिम दिईएको डिभिजन बन कार्यालयका वरिष्ठ डिभिजनल बन अधिकृत गोकुल रिजालले बताउनुभयो ।

तालिम पश्चात् प्रशिक्षार्थीहरुले घटनास्थलको सुरक्षा, जाँच र मुचुल्का लेखन ,घटनास्थलबाट भौतिक सबुदको सङ्कलन,भण्डारण,परीक्षणको आवश्यक व्यवस्थापन ,वन्यजन्तु विरुद्धको अपराध अनुसन्धान गर्दा डि एन ए लगायतका वैज्ञानिक विधि प्रयोग गरी अभियुक्त पहिचान गर्न सक्षम भएको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगत रहेको शुक्लाफाटा संरक्षण कार्यक्रमकि प्रतिनिधी प्रजु थापाले बताउनुभयो ।

Salmuni
Leave A Reply

Your email address will not be published.