Sujang

आदर्शमा निःशुल्क स्वास्थ्य शिविरमा ४९४ जनाले गराए स्वास्थ्य परीक्षण

Ban
धन बोहरा,चैत १७, डोटी : आदर्श गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीले  आदर्श गाउँपालिका वडा नं ५ लामीखालमा  सन्चालन गरेको निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी एक दिने   निशुल्क स्वाथ्य शिविर  सम्पन्न भएको छ। शिविरमा ४९४ जनाले स्वाथ्य परीक्षण गराएका छन् ।

‎आयुर्वेद शिविरमा महिला ३४६ र पुरुष १४८जना गरी कुल ४९४जनाले स्वास्थ्य परीक्षण गराएका थिए । आयुर्वेदिक औषधि, योगका बारेमा जानकारी दिन स्वास्थ्य शिविर आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा योग अभ्यास र औषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख विद्या घिमिरे देउवाले बताए ।
‎आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया धामीले मानव स्वास्थ्यमा लाग्ने रोग निर्मूल गर्ने, शरीरलाई फाइदा पुग्ने, रोग व्यवस्थापनमा आयुर्वेद चिकित्सा पद्धतिको महत्वपूर्ण भूमिका भएकाले प्राकृतिक रूपमा पाइने जडीबुटीको सदुपयोग गरी औषधि उपचार गर्न सकिने बताइन ।

‎शिविरमा आयुर्वेद पद्धतिबाट अल्सर, सुगर, हाडजोर्नी, नसा, छाला, स्त्रीरोग, बाथ, खाना नपच्ने, खोकी, श्वासप्रश्वाससम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधि वितरणसमेत गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका योग प्रशिक्षक बलदेव जोशीले बताए ।

‎सिविरमा आयुर्वेद चिकित्सक डा. कृष्ण सिंह धामी
‎वरिष्ठ कविराज निरीक्षक विद्या घिमिरे देउवासहातका डाक्टरको टोलीले बिरामी परीक्षण गर्नुका साथै परामर्श दिएको थियो ।  शिविरमा विरामीको स्वास्थ्य परीक्षण र औषधि वितरण गर्नुका साथै आयुर्वेद स्वास्थ्यका बारेमा जानकारी गराईएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.