Sujang

सुदूरपश्चिममा आज सार्वजनिक विदा

Ban

चैत ९ गते ,कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ।

रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो। खख्डेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.