Sujang

डोटीको केदार सूर्य बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) की यशोदा बोहरा विजयी

Ban

चैत ५, डोटी । डोटीको केदार सूर्य बहुमुखी क्याम्पस बिपिनगरको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की यशोदा बोहरा विजयी भएकी छिन् । अखिल (क्रान्तिकारी) र अनेरास्ववियूको तर्फबाट उम्मेदवार रहेकी बोहराले नेपाल विद्यार्थी सङ्घकी रमिता बोहरालाई पराजित गरेकी हुन् । विजयी उम्मेदवार यशोदाले ४६ मत ल्याइन भने रमिताले ३७ मत प्राप्त गरेकी हुन् ।

त्यस्तै सचिवमा अनेरास्ववियूका विक्रम साउँद निर्वाचित भएका छन् । सचिव पदका लागि साउँद र नेविसंघका भक्त पातलिले समान ४२ मत प्राप्त गरेका थिए । गोलापर्थाबाट साउद चुनिएका हुन् । कोषाध्यक्षमा नेबिसंघकी हिरा मन्नी निर्वाचित भएकी छिन् । उनले अखिल (क्रान्तिकारी) की उमा बोहरालाई पराजित गरेकी हुन् ।

त्यस्तै सदस्यहरूमा अखिल क्रान्तिकारीकी शान्ति खडायत, अनेरास्ववियूकी लीला साउँद र अनेरास्ववियूकी विनिता विक निर्वाचित भएकी हुन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.