डोटी लगायत सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको छ । कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि विद्युत सेवा अवरुद्ध भएको हो ।
आईतबार बेलुकी ६:०० बजेको समयमा गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरंजन शाहले जानकारी दिए ।
बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बध्य भए । बिद्युतबाट हुने कामकाज ठप्प रहेका छन् । टावर भत्किए पछि वैकल्पिक उपायको काम भइरहेको शाहले बताए ।
पोल गाड्ने र पुरानो लाईनबाट बिद्युत प्रवाह गर्ने काम भइरहेको उनले बताए ।
पुरानो लाईनबाट ल्याउदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने उनले बताए । मौसम बदली र हल्का बर्षाले काम गर्न समस्या भइरहेको छ । आज बेलुकी सम्म बत्ती बल्ने प्रयास गरिरहेका उनले बताए