Sujang

केन्द्रीकृत एकात्मक व्यवस्था भन्दा संघीयता राम्राे छ : उपप्रधानमन्त्री सिंह

Ban

फागुन १९ गते ,अछाम : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले एकात्मक केन्द्रिकृत शासन व्यवस्था भन्दा संघियता राम्राे हाे भन्ने बनाउन तिनै तहकाे सरकारले मिलेर काम गर्नुपर्ने बताउनुभएकाे छ । साेमबार अछामकाे पञ्चदेवल गाउँपालिकाकाे प्रशासकीय भवनकाे उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे । प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन संविधानमा व्यवस्था भएअनुसार आवश्यक संघीय कानून चाँडाे भन्दा चाँडाे बनाउनेतर्फ सरकारकाे ध्यान रहेकाे पनि बताउनुभयाे ।

`आवश्यक संघीय कानून बनाएर संविधानकाे अनुसूचीमा व्यवस्था भएकाे अधिकार तिनै तहकाे सरकारलाई दिएर जनतालाई सहज सेवा प्रवाह दिएर केन्द्रीकृत एकात्मक शासन व्यवस्था भन्दा संघीयता राम्राे हाे भन्ने बनाउन सरकारकाे ध्यान केन्द्रीत छ,´ उहाँले भन्नुभयाे । उपप्रधानमन्त्री सिंहले देशमा राजनीतिक स्थायित्व विना आर्थिक, सामाजिक विकास नहुने भन्दै राजनीतिक स्थिरताकाे जगमा आर्थीक विकास र समृद्धिका लागि नेपाली कांग्रेस र एमालेसहितका दलहरू मिलाएर गठबन्धनको सरकार बनेकाे बताउनुभयाे । उहाँले प्रशासकीय भवन बनेसँगै अछाम पञ्चदेवलका नागरिकका लागि सेवा प्रवाहमा सहजता थपिने विश्वास व्यक्त गर्नुभयाे ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले अछाम दरबारको पनि उद्घाटन गर्नुभयाे । शहरी विकास मन्त्रालय मातहतहत निर्माण भएको दरबार उद्घाटन पछि उपप्रधानमन्त्री सिंहले अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गर्नुभयाे ।
२०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो ।
समग्र अछामको पहिचान बोकेको यो ऐतिहासिक दरबारलाई सदुपयोग गर्दै आउने पिढिलाइ ऐतिहासिक महत्वको बारेमा जानकारी दिनुपर्ने मन्त्री सिंहले बताउनुभयो । दरबारको विकास र बाँकी संरचना निर्माण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
दरबारको पुनर्निर्माणको काम २ करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । काठको बढी प्रयोग भएको कलात्मक उक्त दरबार तीन तले रहेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह,कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाही ,सुदुर पश्चिम प्रदेश सभा सदस्य मानबहादुर रावल ,मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा लगायत सहभागी हुनुहुन्थ्याे ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.