



मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरूको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये ८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताए ।
दिपायल सिलगढी नगरपालीका वडा नं ९ को आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधीसमेत उपलब्ध गराइएको छ ।शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिने भएको छ। शिविरमार्फत बिरामीलाई करिब रु ५० लाख बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । उक्त सिविर फागुन १७ गते शनिवार सम्म संन्चालन हुने भएको छ।

