

डोटीका लागि नवनियुक्त सदस्यहरुले मंगलबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । सदस्यहरूको पदभार ग्रहणसँगै आयोगका जिल्ला अध्यक्ष डम्मर ओलीले सपथ ग्रहण गराएका छन् ।
भूमि समस्या समाधान आयोग डोटीको विज्ञ सदस्य रोशन कठायत, सदस्यमा चन्द्र साउद र लक्ष्मी देवी मल्लले पदभार ग्रहण गरेका हुन् । तीन जना सदस्यहरुले पदभार ग्रहण गरेसँगै भूमि समस्या समाधान आयोग डोटीले पूर्णता भएको छ ।
सपथ ग्रहण कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह प्रमुख अथिति रहेका थिए । भने दिपायल सिलगढीमा नगरपालिकाका नगर प्रमुख विजय खड्का, नगर उप- प्रमुख कल्पना महर साउद, नेपाली कांग्रेसका पार्टी सचिव नारायण बलायर विशिष्ट अतिथि रहेका थिए।
जिल्ला समन्वय समितिका प्रमुख सिंहले नवनियुक्त सदस्यहरुलाई बधाई ज्ञापन गर्दै स्थानीय सरकारसँग विशेष सहकार्य र समन्वय गरेर काम गर्न सुझाव दिए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका प्रमुख विजय खड्काले वास्तविक भूमिहीन र सुकुम्बासीका लागि काम गर्न सुझाव दिए । उनले स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग गर्ने समेत बताए ।
नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै आयोगका जिल्ला अध्यक्ष ओलीले तीन वर्ष भित्रै भूमिहीन र सुकुम्वासीको समस्या स्थायीरूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नव नियुक्त विज्ञ सदस्य रोशन कठायतले वास्तविक भूमिहीन, सुकुम्वासीहरुको समस्या समाधानका लागि दिनरात खटेर काम गर्ने बताए । उनले विगतको अनुभवसँगै नयाँ ढंगले तिब्ररुपमा काम गर्ने बताउँदै स्थानीय सरकारको विशेष सहयोग चाहिने बताए ।
