Sujang

डोटीमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बिपीनगरमा हुने

Ban
एकेन्द्र चन्द ,फागुन ११ गते ,डोटी – यस वर्षको १५औं डोटी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बडीकेदार गाउँपालिका–१, बिपीनगरमा फागुन १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ।
Krishi

यसअघि जिल्ला सदरमुकाम र केही सुगम पालिकामा मात्रै सीमित रहँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस पटक पहिलो पटक बडीकेदार गाउँपालिकामा आयोजना गर्न लागिएको हो। प्रतियोगिता आफ्नै क्षेत्रमा आयोजना हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार जिल्ला खेलकुद समितिको आयोजनामा हुने यो प्रतियोगिता फागुन ११ गते सञ्चालन गर्ने तय भए पनि विविध कारणले केही ढिलाइ भएको जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहका टिमलाई सहभागी गराउन आग्रह गरिएको छ। प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

जिल्ला खेलकुद समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ। स्थानीय तहसँगको समन्वयमा प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गरिने आयोजकको भनाइ छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.