

फागुन १० ,डोटी : महा शिवरात्रिको पूर्व सन्ध्यामा धार्मिक तथा पर्यटकीय स्थल बासुधारा वरपर सरसफाइ गरिएको छ ।


शनिवार दिपायलमा रहेको धार्मिक क्षेत्र वासुधारा वरपर सरसफाइ गरिएको हो ।
शिवरात्रि आउन चार दिन वाँकि रहदा उक्त ठाउँमा आउने भक्तजनहरूलाई मध्यनजर गर्दै सरसफाइ गरिएको छ ।
सरसफाइ कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंह , दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्का, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई, सशस्त्र प्रहरी, नेपाल प्रहरी ,नागरिक समाज ,स्थानीय ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
