Sujang

डोटीको कपल्लेकिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Ban

माघ ३०,डोटी : डोटीको कपल्लेकि स्वास्थ्य चौकिको आयोजना तथा शैलेश्वरी अस्पालको प्रायोजना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

वुधवार दिपालयमा पत्रकार सम्मेलन गर्दै शिखर नगरपालिका -१ कपल्लेकिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्मेलन मार्फत जानकारी गराएको हो ।

Krishi

महिनाको पहिलो र तेस्रो शनिवार विशेषज्ञ चिकित्सक विरामि चेक जाँच गरीने शिखर नगर पािलका १ का वडा अध्यक्ष दिपक वोगटीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक ,भिडियो एक्सरे,ईसिजि लगायतका स्वास्थ्य सामग्रीहरु शैलेश्वरी अस्पतालले उपलव्ध गराउने अस्पतालका प्रवन्धक आईजङ कुँवरले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविर अहिलेलाई जेठ मसान्त सम्म मात्र गरीने र निरन्तरता दिदै जाने कपल्लेकि स्वास्थ्य चौकिका इन्र्चाज पुर्णानन्द भट्ट वताए ।

वडा भित्रका नागरिकलाई लक्षित गरि  शिविर संचालन गर्न लागीएको उनले बताए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.