Sujang

शारीरिक रूपमा अशक्त बोहरालाई नगद साठी हजार सहित खाध्यन्न वितरण

Ban

माघ २८ गते, डोटी  : डोटीको बोगटान फुड्सिल गाउँपालिका – ७ चवराचौताका घर भएका शारीरिक रूपमा अशक्त नर बहादुर बोहरालाई नगत सहित खाध्यन्न वितरण गरिएको छ ।

Posan

सोमबार उनको घरमा पुगेर विभिन्न व्यक्तिहरूको सहयोगबाट संकल गरिएको नगद साठी हजार रकम सहित खाध्यन्न  हस्तान्तरण गरिएको हो ।

यहीँ पुस ८ गते नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम , निवर्तमान अध्यक्ष मोहन शाही, पत्रकार दीपेन्द्र खड्का,चक्र मल्ल सहितले बोहराको घरमा पुगेर रिपोर्टिङ्ग गरेर उहाँको समस्या बाहिर ल्याउँदा सामाजिक अभियान्ताहरुले सहयोग अभियान सञ्चालन गरेका थिए ।

Krishi

देश विदेशबाट विभिन्न सहयोगीहरूबाट संकलन गरेको उक्त रकम बोहरालाई हस्तान्तरण गरेको सामाजिक अभियान कर्ता आर एन खड्काले बताए । बोहराको राहत संकलनमा आफू लगायत दीपक साउँद, टेक खड्का, दीपक पाण्डे, गगन धामी ,नाथ कोली लगायत जोडिएको खड्काले बताए ।

सुजङ अस्पतालका राजपुरका प्रमुख अर्जुन बलायरले बोहरालाई खाद्यान्न सहयोग गर्नु भएको छ ।

गाउँपालिका उपाध्यक्ष विस्ना देउवा बम ,प्रमुख प्रसासकी अधिकृत भरत चन्द लगायतले उहाँको घरमा पुगेर उहाँको समस्या समाधानका लागि आगामी दिनमा स्थानीय सरकारबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राहत बुझ्दै बोहराले सहयोग गर्ने सम्पूर्ण मनकारीहरूलाई धन्यवाद दिए ।  आगामी दिन पनि सबैको यस्तै सहयोग हुने आशा गरेको उनले बताए । प्राप्त गरेको रकम सहिसदुपयोग गर्ने समेत बोहरा प्रतिबद्धता व्यक्त गरे।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.